चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

   २७ पुष २०७७, सोमबार १३:२२  

२७ पुस, रौतहट । चितवनमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।

संक्रमणबाट ज्यन गुमाउनेमा राप्ती नगरपालिका–५ बस्ने ६० वर्षीय पुरूष रहेका अस्पतालले जनाएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही पुस १९ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भई पीसीआर परीक्षण गराउँदा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

संक्रमणपछि उपचारका क्रममा नै उनका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।