आज थप ५५४ जनामा कोरोना पुष्टि, ५८५ जना संक्रमणमुक्त

   २४ पुष २०७७, शुक्रबार १६:३१  

२४ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हालसम्म नेपालमा २ लाख ६४ हजार १ सय ५९ संक्रमितको संख्या पुगेको छ । जसमध्ये आजसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ५ हजार २१ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप ५ सय ८५ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।