नायिका नोरा फतेह तैमुरसँग विवाह गर्न चाहन्छिन्
२४ पुस, रौतहट ।
बलिउड नायिका करिना कपुर खान गर्भावस्थामा पनि आफ्नो पूरा ध्यान काम प्रति नै केन्द्रीत गर्छिन् । उनी दोस्रो पटक आमा बन्दैछिन् । उनका छोरा पनि छन् । अब नायिका नारा फतेहीले तैमुरसँग विवाह गर्न इच्छा व्यक्त गरेकी छिन् ।
करिना कपुरको शो ह्वाट वुमन वान्ट थ्री मा नोरा फतेह पाहुनाको रुपमा पुगिन् । करिनाले उनलाई सेफ र आफूलाई उनको डान्स मुभ्स अत्यधिक मन पर्ने गरेको बताइन् ।
यसको जवाफमा नोराले करिनालाई विवाहको प्रस्ताव नै राखिदिइन् । नोरा भन्छिन्, ‘मलाई आशा छ कि तैमुर जब चाँडै नै हुर्किनेछन् तब हामी मेरो र उनको (तैमुर) को इन्गेजमेन्ट वा विवाहबारे सोच्नेछौं ।’
यसको जवाफ दिँदै करिना भन्छिन्, ‘उनी अहिले चार वर्षका मात्रै छन् । यसमा धेरै नै समय लाग्नेछ ।’ त्यसपछि नोराले हाँस्दै भनिन्, ‘केही छैन, म प्रतिक्षा गर्नेछु ।’ एजेन्सी