ललितपुरमा लुटपाट गरेको आरोपमा तीन महिलासहित चार जना पक्राउ

   २४ पुष २०७७, शुक्रबार ११:२२  

२४ पुस, रौतहट । ललितपुरको च्यासलमा बिहीबार दिउँसो लुटपाट गरेको आरोपमा तीन जना महिला र एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटपाट गरेको आरोपमा हिजो साँझ करिब ५ः३० बजेको समयमा उदयपुरका २६ वर्षीय भरत मगर, ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, २९ वर्षीया लबिन तामाङ र ३० वर्षीया सुस्मिता डिम्डोलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरिएको हो ।

नुवाकोट घर च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा उनीहरुले यही पुस १३ गते दिउँसो करिब २ः३० बजेको समयमा लुटपाट गरेका थिए ।

उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगेका थिए।

लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी सुरू गरेको थियो । उपक्राउ परेका उनीहरूमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।