अभिनेत्री जन्हवी बनिन् अमिताभ बच्चनकी छिमेकी
द नेपाल मिडिया
२१ पुष २०७७, मंगलवार १५:०१
२१ पुस, रौतहट । बोनी कपूर र दिवंगत श्रीदेवीकी छोरी जान्हवी कपूरले मुम्बईमा नयाँ घर किनेकी छन् ।
रिपोर्ट्सका अनुसार ३९ करोड भारतीय रुपैयाँमा उनले बलिउड महानायक अमिताभ बच्चनको घर नजिकैको घर किनेकी हुन् ।
यसका साथै उनी अमिताभ बच्चन, अनिल कपूर, अजय देवगण र एकता कपूरकी छिमेकी बनेकी छन् । उनको घर ४ हजार १४४ वर्गफीटमा फैलिएको छ ।






