माघ पहिलो साता कक्षा १२ रिजल्ट आउने

   २१ पुष २०७७, मंगलवार १४:२७  

२१ पुस, रौतहट । माघको पहिलो साता कक्षा १२ को परीक्षाफल प्रकाशन गरिने भएको छ ।

यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ । अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ ।

धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ ।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनको भनाइ छ ।