भारतलाई झट्का: उमेश यादव घाइते, मैदानबाट बाहिरिए

   १३ पुष २०७७, सोमबार १२:४४  

१३ पुस, रौतहट । मेलबर्न टेस्टको तेश्रो दिन अष्ट्रेलियाको दोश्रो पारीको बेला टीम इण्डियालाई ठूलो झट्का लागेको छ । बलिङ गर्ने क्रममा तीव्र गतिका बलर उमेश यादव घाइते भएका हुन् ।

उनले अष्ट्रेलियाको दोश्रो पारीको बेला ८ औँ ओभरमा घाइते भएर मैदान छोडेका थिए ।

यो ओभरमा उनी ३ बलिङ गर्दै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि उनका बाँकी तीन बल मोहम्मद सिराजले गरेका थिए ।

मोहम्मद शमी यस अगाडि नै घाइते बनेर निस्किसकेका छन् । मोहम्मद शर्मा भन्दा पहिला ईशान्त शर्मा घाइते भएका थिए ।