नेहा कक्कड आमा बन्दैँ
द नेपाल मिडिया
३ पुष २०७७, शुक्रबार १२:५४
३ पुस, रौतहट ।
अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् ।
सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।
एक तस्वीर सार्वजनिक गर्दै नेहाले भनेकी छिन्, ‘अब मेरो ख्याल राख ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गरेका छन् । त्यहाँ उनले नेहाको धेरै ख्याल राख्नुपर्ने भनेका छन् ।






