मंगलबार बिहान ११ बजेको लागि बैठक आह्वान

   २२ मंसिर २०७७, सोमबार १२:४९  

२२ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।मंसिर २३ गते (मंगलबार) बिहान ११ बजे बैठक बस्ने भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । ‘यो बेला बेला हुँदै आएको हो ।

प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको डा. भट्टराईले बताए ।