ऐतिहासिक सिम्रौनगढमा अब वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट, ६ सय एमबीपीएससम्मको सेवा
१ असोज, बारा । ऐतिहासिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बाराको सिम्रौनगढमा अब उच्च गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध भएको छ । निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सिम्रौनगढमा आफ्नो सेवा विस्तार गरेसँगै स्थानीय बासिन्दाले उच्च गतिको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।
वर्ल्डलिंक कलैया शाखाका प्रमुख नेवास अलि सिद्धिकीका अनुसार सिम्रौनगढका ग्राहकलाई लक्षित गरी १५०, २००, ३०० र ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित सिक्सजी राउटर सहितको सेवा पनि उपलब्ध गराएको जनाएको छ ।
सिम्रौनगढमा इन्टरनेट सेवा विस्तारसँगै स्थानीय व्यवसाय, विद्यार्थी, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारणलाई डिजिटल सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी अनलाइन शिक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, भिडियो कन्फरेन्स तथा व्यवसायिक गतिविधिमा तीव्र इन्टरनेटले सहयोग पुग्ने छ ।
ऐतिहासिक सिम्रौनगढमा पर्यटन तथा व्यवसायिक गतिविधि बढ्दै गएसँगै भरपर्दो इन्टरनेटको आवश्यकता पनि बढिरहेको अवस्थामा सेवा विस्तार गरिएको शाखा प्रमुख सिद्धिकिले बताए ।
वर्ल्डलिंकले घरायसी ग्राहकसँगै साना तथा ठूला व्यवसायका लागि विशेष इन्टरनेट लाइन समेत उपलब्ध गराउने जनाएको छ । फाइबर नेटवर्कमार्फत सेवा विस्तार गरिएकाले ग्राहकलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने कम्पनीको दाबी छ ।
इन्टरनेटसँगै ग्राहकले १ सयभन्दा बढी ज्म् तथा १२० भन्दा बढी सामान्य टेलिभिजन च्यानल सहितको टीभी सुविधा पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वर्ल्डलिंकका इन्टरनेट ग्राहकले विभिन्न टेलिभिजन सामग्री तथा च्यानलहरू अतिरिक्त सुविधाका रूपमा प्रयोग गर्न पाउँछन् ।
सिम्रौनगढमा सेवा सुरु भएपछि स्थानीयवासीले लामो समयदेखि आवश्यक रहेको गुणस्तरीय इन्टरनेट सेवा आफ्नै क्षेत्रमा उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् ।






