लुम्बिनी विकास बैंक गौरद्वारा सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
२८ असार, रौतहट । लुम्बिनी विकास बैंक लिमिटेड, गौर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको श्री सरस्वती माध्यमिक विद्यालय, खेसरहियालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख कृष्ण कुमार महतोले विद्यालयका प्रधानाध्यापक राजु प्रसादलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन ।
उक्त कार्यक्रममा बैंकका सहायक शाखा प्रमुख प्रवीण कुमार सिंह तथा बैंकका कर्मचारी दिपेन्द्र कुमार सिंह माधवनारायण नगरपालिकाका वडा अध्यक्ष राम विश्वास प्रसाद साह तथा विद्यालयका सहायक प्रधानाध्यापक धनई महतो लगायत शिक्षक-शिक्षिका, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख कृष्ण कुमार महतोले शिक्षा समाज विकासको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री उपलब्ध गराएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक राजु प्रसादले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगले विद्यालयका विद्यार्थीहरूको अध्ययन-अध्यापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
लुम्बिनी विकास बैंक लिमिटेडले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ।






