कैलालीमा लागु औषधसहित एक जना पक्राउ
द नेपाल मिडिया
१७ मंसिर २०७७, बुधबार १४:३९
१७ मंसिर, रौतहट । कैलालीमा खैरो होरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको भजनी नगरपालिका ३ बाट खैरो होरोइनसहित आकाश चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
लु. ६३ प ५० नम्बरको स्कुटरमा सवार चौधरीको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाए ।
लम्किचुहा नगरपालिका १ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






