४ वर्षपछि कमब्याक गर्दै ऐश्वर्या

   २३ असार २०७९, बिहीबार १४:४१  

२३ असार, एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि कमब्याक गर्दैछिन् ।

फिल्म ‘पोन्नियिन सेलवानबाट ऐश्वर्याले चार वर्षपछि फिल्ममा कमब्याक गरेकी हुन् । फिल्मको निर्माण कम्पनी लायका प्रोडक्सन र मद्रास टाकिजले ऐश्वर्याको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेको छ ।

पोस्टरमा सारी र गहनामा सजिएकी ऐश्वर्याको दमदार लुक देख्न सकिन्छ । फिल्ममा उनको पात्रको नाम नन्दिनी हो जहाँ उनी पाजुवुरकी रानीको भूमिकामा छिन् ।
ऐश्वर्या यस फिल्ममा दोहोरो भूमिका निभाउने भएकी हुन् ।
उनी पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन्, जसमा अनिल कपूर र राजकुमार रावको मुख्य भूमिका थियो । तर, यो फिल्म बक्स अफिसमा सफल हुन सकेन। एजेन्सी