अक्षयकुमार दोस्रो पटक संक्रमित भए
१ जेठ, एजेन्सी । बलिउड अभिनेता अक्षयकुमारलाई पून कोरोना संक्रमण भएको छ ।
ट्वीट मार्फत आफू कोरोना संक्रमित भएको अभिनेताले जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए । कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् ।
फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रण गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुँदै थिए ।
‘म कान्स २०२२ मा सहभागीका लागि निकै उत्साहित थिए । तर दुःखको कुरो मेरो कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ’ अक्षयले ट्वीटमा अगाडि लेखेका छन् ‘अब म आराम गर्छु ।
अनुराग ठाकुर तपाई र तपाईको टिमलाई धेरै धेरै बधाई छ ।’ एजेन्सी






