एसईई दिएका विद्यार्थीका लागि एनसेलले ल्यायो अफर योजना

   २१ बैशाख २०७९, बुधबार १३:२१  

२१ वैशाख, रौतहट । एसईई दिएका विद्यार्थीका लागि एनसेल आजियाटा लिमिटेडले ‘पहिलो सिम’ अफर ल्याएको छ ।

२०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् ।

एनसेलले ल्यायोको यो योजना शुक्रबार वैशाख १६ गते देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्छन्।

करसहित मात्र ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा ९हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म० को फाइदा लिन सक्छन् ।
यस्तै, पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् ।

जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।