बलिउड अभिनेता शाहरुखको ‘पठान’ करोडौँमा बिक्यो

   १९ बैशाख २०७९, सोमबार १२:२९  

१९ वैशाख, एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ’पठान’ को करोडौँमा बिक्री भएको छ ।

‘पठान’ को डिजिटल अधिकार ठूलो रकममा बेचिएको छ । आदित्य चोपडाको ब्यानर यशराज फिल्म्समा निर्माण भएको यस फिल्मको लागि ठूलो ओटीटी प्लेटफर्मको बारेमा कुराकानी पछि विक्रि भएको हो ।

शाहरुख खानलाई लामो समयदेखि पर्दामा हेर्न पर्खिरहेका उनका फ्यानहरूको पर्खाइ अब सक्नि लागेको छ । पछिल्लो खबर अनुसार उनको फिल्म पठानको डिजिटल राइट्सको डिल पनि भइसकेको छ । एजेन्सी