बेलायत सरकारले पठाएको एस्ट्राजेनेका खोप नेपाल पुग्यो

   २ फाल्गुन २०७८, सोमबार १२:०८  

२ फागुन, रौतहट । बेलायत सरकारले नेपाललाई थप १३ लाख १२ हजार ८० कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएका छन् ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत सहयोग गरेको कोभिड १९विरुद्धको खोप सोमबार बिहान नेपाल आइपुगेको हो ।

बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई सहयोग गरेको थियो ।