दोस्रो टेस्टमा अफ्रिका सँग भारत पराजित
२३ पौष , रौतहट । घरेलु टोली दक्षिण अफ्रीकासँगको दोस्रो टेस्टमा भारत पारजित भएको छ । बिहीबार भएको खेलमा भारत दक्षिण अफ्रीकासँग ७ विकेटले पराजित भएको हो ।
भारतले दिएको २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले सर्वाधिक ९६ रन बनाएका थिए ।
यस्तै, भान डेर डुसेनले ४०, एडिन मार्क्रमले ३१, किगन पिटर्सनले २८ रन जोडे । टेम्बा बाभुमाले अविजित २३ रन बनाएका थिए । भारतका लागि मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले समान १/१ विकेट लिए ।
यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।






