सोनु निगमलाई कोरोना पुष्टि
द नेपाल मिडिया
२१ पुष २०७८, बुधबार १५:५२
२१ पुस, एजेन्सी । भारतीय गायक सोनु निगमलाई कोरोना पुष्टि भएको छ ।
उनीसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानलाई समेत कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूहरूलाई संक्रमण भएको सोनु निगमले जानकारी दिएका छन् ।
उनी अहिले परिवारका साथ दुबईमा हुन् । कोरोना संक्रमित भएपछि उनले परिवारका साथ आफू क्वारेन्टाइनमा रहेको बताएका छन् ।






