अभिनेत्री मृणाललाई कोरोना पुष्टि

   १८ पुष २०७८, आईतवार १४:५०  

१८ पुस, एजेन्सी । बलिउड अभिनेत्री मृणाल ठाकुरलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल मार्फत आफू संक्रमित भएकी मृणालले जानकारी गराएकी हुन् ।

कोरोना पुष्टि भएसंगै आफु क्वारेन्टाइनमा राखेकी उनले बतइन् । आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् ।

मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ ।