सलमान खानलाई सर्पले टोक्यो
११ पुस,
बलिउड अभिनेता सलमान खानलाई आज सर्पले टोकेको छ ।
आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको भारतीय सामाचारमा लेखिएको हो । सर्पले टोकेपछि उनलाई आज बिहानै अस्पताल लगिएको थियो ।
उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज भई अहिले घरमै आराम गरिरहेका र उनको स्वास्थ्य सामान्य रहेको छ ।
फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत रहेका छन् ।
यस्तै, २७ डिसेम्बर अर्थात भोली सलमान खानको जन्म दिन परेको हो । एजेन्सी






