सुटिङमा फर्किए शाहरुख

   ८ पुष २०७८, बिहीबार १२:५४  

८ पुस,

बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् ।

छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका शाहरुख बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ ।

उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् । शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् ।

उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन समेत निर्देशकलाई भनेका छन् । एजेन्सी