अफगानिस्तानले नेदरल्याण्ड्सविरुद्ध एकदिवसिय सिरिज खेल्ने

   २३ मंसिर २०७८, बिहीबार १३:१३  

२३ मंसिर, रौतहट । अफगानिस्तान क्रिकेट बोर्डले नेदरल्याण्ड्सविरुद्धको सिरिज हुने पक्का गरेको हो । जसमा पहिलो खेल जनवरी २१ मा सुरु हुनेछ । दोस्रो खेल २३ र तेस्रो खेल २५ तारिखमा हुनेछ ।

एकदिवसिय सुपरलिग अन्तगर्त नै यो सिरिज हुन लागेको हो । यसअघि अफगानिस्तानले आयरल्याण्डलाई तीन शुन्यको क्लिनस्विप गरेको थियो ।

सन् २०२३ को विश्वकप छनोटको आधार रहेको सुपर लिगमा अफगानिस्तानले ३० अंक हासिल गरेको छ ।

सुपर लिगमा नेदरल्याण्ड्सको २५ अंक छ । यस्तै अफगानिस्तानले त्यसपछि अष्ट्रेलिया र पाकिस्तानलाई पनि होस्ट गर्ने भएको छ । त्यसपछि भारत, बंगलादेश, श्रीलंका भ्रमणमा जानेछ ।

दुई बर्षको साइकलमा हुने सुपर लिगमा १३ टिमले प्रतिस्पर्धा गरिरहेका छन । जसमा शिर्ष सातमा रहने टिमले सोझै विश्वकप खेल्न पाउनेछन ।