वाग्मती प्रदेशका स्वास्थ्य मन्त्रालयले १५६ नर्स माग्यो
द नेपाल मिडिया
२१ मंसिर २०७८, मंगलवार १५:३१
२१ मंसिर, रौतहट । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले १५६ जना नर्स माग गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै करार सेवामा सो संख्यामा नर्स माग गरेको हो ।
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका नर्सले आवेदन दिन पाउनेछन् । १५ दिनभित्र दरखास्त दिइसक्नुपर्नेछ ।






