एक महिना नबित्दैँ दोस्रोपटक संक्रमित भए एडम्स

   १२ मंसिर २०७८, आईतवार १२:५८  

१२ मंसिर, रौतहट । एक महिनामै दोस्रोपटक क्यानडियन गायक ब्रयान एडम्स संक्रमित भएका छन् ।

कोभिड १९ को संक्रमण पुष्टि भएसँगै उपचारका लागि उनी हाल अस्पताल भर्ना भएका छन् । कोरोना महामारीको बेला उनी एक महिना नबित्दैँ फेला संक्रमित भएका हुन् ।

गायकले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएका छन् । “भर्खरै मिलानो पुगेको म, एकै महिनाभित्र दोस्रोपटक कोरोना संक्रमित भएको छु ।” भन्दैँ मास्क लगाएर बसिरहेको एउटा फोटो पोस्ट गरेका छन् । एजेन्सी