तेस्रो विवाहको खबर झूटो : आमिर खान
९ मंसिर, सहकलाकारसंग विवाह गर्ने तयारीमा रहेको खबर झूटो रहेको बलिउड अभिनेता आमिर खानले पुष्टि गरेका छन् ।
आमिर खानले फातिमा सना शेखसँग विवाह गर्न लागेको भनी आएको खबर झूटो भएको इन्डिया टुडेमा उल्लेख गरिएको छ । लाल सिंह चड्ढा नामक फिल्म रिलीज भएपछि आमिर र फातिमाबीच विवाह हुने खबर चलाइएको थियो ।
केही महिनाअघि किरण रावसँग डिभोर्सको घोषणा गरेर आमिर खानले सबैलाई आश्चर्यमा पारेका थिए । त्यसपछि उनीहरूको डिभोर्सको कारण खोतल्न सबैजना लागिपरेका थिए ।
फातिमाकै कारण आमिर र किरणको डिभोर्स भएको पनि अनुमान गरिएका थिए । दंगलमा सँगै अभिनय गरेका आमिर र फातिमाले डेटिङ गरिरहेको दाबी समेत गरिएको थियो ।
यसअघि फातिमाले एक पत्रिकासँग कुरा गर्दै आफ्नो बारेमा नचिनेका मानिसले जथाभावी लेख्दा चित्त दुख्ने गरेको बताएकी थिइन् । एजेन्सी






