तेस्रो विवाह गर्ने तयारीमा आमिर खान
७ मंसिर, बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् ।
केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् ।
अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
आमिर खानले सुरुमा रिना दत्तासँग विवाह गरेका थिए । त्यसपछि निर्देशक किरण रावसँग विवाह बन्धनमा बाँधिइन् । जुलाई ३ तारिखमा किरण र आमिरले आफ्नो सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए ।
यी दुईको सम्बन्धविच्छेदको दोष नायिका फातिमा सना शेखमाथि लगाइयो । त्यसपछि आमिरले तेस्रोपटक विवाह गर्न लागेको खबर आयो । यो खबरलाई उनको नजिकको स्रोतले झुटो बताएका छन् । एजेन्सी






