तीन सातापछि काममा फर्किइन्; शिल्पा सेट्टी
४ भदौ, बलिउड अभिनेत्री शिल्पा सेट्टी आफ्नो काममा फर्किएकी छिन् ।
पोर्न फिल्म बनाएको आरोपमा गत जुलाई १९ मा पक्राउ परेको शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा हालसम्म हिरासतमुक्त नभई उनी आफ्नो काममा फर्किएकी हुन् । राज पक्राउ परेपछि आफ्नो काम छाडेकी शिल्पा सेट्टीले ३ सातापछि काममा फर्किएकी हुन् ।
उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देख्न सकिन्छ । राज पक्राउ परेपछि आफ्नो कामबाट टाढा रहेकी शिल्पा विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छिन् ।
शिल्पा ३ सातादेखि यो शोमा उपस्थित भएकी थिइनन् ।






