अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने सरकारको निर्णय
journey fortech
३२ श्रावण २०७८, सोमबार १२:११
३२ साउन, रौतहट । विद्रोही तालिबान समूहको अफगानिस्तानलाई कब्जा गर्ने मिसन सफल भएसंगै सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको उद्धार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।
उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि आजको बैठकले निर्णय भएको स्रोतले जनाएको छ । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् ।






