मुख्यमन्त्री पदबाट पोखरेलले दिए राजीनामा
द नेपाल मिडिया
२७ श्रावण २०७८, बुधबार १४:०६
२७ साउन, रौतहट । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पदबाट शंकर पोखरेलले राजीनामा दिएका छन् ।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अघि नै पोखरेलले एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राजिनामा दिने प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।
आज दिउँसो १ बजेको लागि बोलाइएको विशेष अधिवेशन बस्नु अघि नै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका हुन् ।






