बर्दिया र नवलपरासीमा महन्थ ठाकुर पक्षको भेला
२५ साउन, रौतहट । आज बर्दिया र नवलपरासीमा महन्थ ठाकुर पक्षले भेला कार्यक्रम आयोजित गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले सोमबार बर्दिया र नवलपरासीमा भेला गर्ने भएको छ ।
निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ ।
यसअघि यो समूहले कैलाली, महोत्तरी, बारा, सप्तरी, सिराहा, दाङ, पर्सा, लगायत जिल्लामा भेला राखिसकेको छ ।






