भुटान सरकारले प्रदान गरेको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

   २२ श्रावण २०७८, शुक्रबार १४:२९  

२२ साउन, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला भुटान सरकारले प्रदान गरेको कोभिड १९ विरुद्धको ३ लाख डोज एस्ट्राजेनेको खोप आज काठमाडौं आइपुगेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट डुक एयरको कार्गो विमानले कोरोना भाइरस विरुद्धको खोप लिएर स्वदेश आइपुगेको छ।

खोप लिन गएको जहाज शुक्रबार बिहान ९ः४० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्रोतले जानकारी दिए ।