डा. गौतमसहित चार जनाको सरुवा रोके; प्रधानमन्त्री देउवा
१९ साउन, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. जागेश्वर गौतमसहित ४ जनाको सरुवा स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका हुन् ।
देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर राज्यमन्त्री नियुक्त गरेका उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए ।
कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए, भने सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारी र स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्णलाई पठाएका थिए । तर, निर्णय नमिल्ने भन्दैँ शेरबहादुर देउवाले राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।






