माधव निवास पुगे; प्रचण्ड

   १७ श्रावण २०७८, आईतवार १२:५६  

१७ साउन, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान कोटेश्र पुगेका थिए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न आइतबार बिहान प्रचण्ड माधव निवास कोटेश्र पुगेका स्रोतले जानकारी दिए ।

स्रोतका अनुसार यसअघि शनिबार प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई भेट्नु भएको थियो । उक्त भेटघाटमा माधव समूहलाई सरकारमा सहभागी गराउने समझदारी बनेको बताइएको छ ।

यस्तै, शुक्रबार पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । शुक्रबार प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह समेत गरेको स्रोतले जनाए ।