आज नेकपा कार्यालयमा खीर खुवाउने कार्यक्रम

   १५ श्रावण २०७८, शुक्रबार १३:४१  

१५ साउन, रौतहट । नेपाली किसानहरूमा साउन १५ मा खीर खाने सामाजिक परम्परा रहेको छ ।

यो अवसरमा आज नेकपा एमालेले पार्टी कार्यालयमा दिउँसो २ बजे खीर खुवाउने कार्यक्रम आयोजना गरेको छ । आज साउन १५ गते नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि एमालेले पार्टीको मुख्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको स्रोतले जानकारी दिए ।

शुक्रबार खीर खुवाउने कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्तासहित सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिएको छ । स्रोतका अनुसार खीर खुवाउने कार्यक्रममा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि सहभागी हुने छन् ।