प्रधानमन्त्री देउव र प्रचण्डबीच भेटवार्ता
१४ साउन, रौतहट । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
सरकारी निवास बालुवाटारमा आज बिहानै देउवा र प्रचण्डबीच भेटवार्त भएको हो । बिहीबार बिहान बालुवाटारमा देउवा र प्रचण्डबीच करिब १ घण्टामा छलफल भएको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार भेटमा तत्काल मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको र प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम समेत देउवालाई दिएको अनुमान गरिएको छ ।
सरकार विस्तारकै विषयमा बुधबार पनि सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो ।






