राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे; देउवा

   ९ श्रावण २०७८, शनिबार १२:३२  

९ साउन, रौतहट । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न शुक्रबार साँझ शीतलनिवास प्रधानमन्त्री देउवा पुगेका थिए ।

भण्डारी र देउवाबीच हिजो भएको वार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग शुक्रबार छलफल गरेका हुन् ।

यसअघि शुक्रबार बिहान एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको थियो ।