ओलीले दिए देउवा र प्रचण्डलाई चेतावनी
७ साउन, राैतहट । नेकपा एमले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाभियोग लगाउने सपना नहेर्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिदै भने, ‘एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु।’
उनले पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरे। ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ। तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ। अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ,’ उनले भने ।






