मोरक्कोका फुटबल स्टार हाकिमी कोरोना संक्रमित
३ साउन, रौतहट । मोरक्कोका फुटबल स्टार अकरफ हाकिमीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी अहिले आईशोलेसनमा छन् । भर्खरै मात्र उनले पिएसजीसँग सम्झौता गरेका हुन् ।
अघिल्लो सिजन उनले इन्टर मिलानलाई इटालियन सिरिए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । इन्टरमै छँदा अक्टुबर २०२० मा उनलाई पहिलोपटक कोरोना संक्रमण भएको थियो । यद्यपी, त्यसको भोलिपल्टै उनको नतिजा नगेटिभ देखिएको थियो ।
र, युईएफएले यसलाई फल्स नेगेटिभ भन्दै उनलाई खेल खेल्न छुट दिएको थियो । पिएसजीकै १८ वर्षीय फ्रेन्च मिडफिल्डर इडुआर्ड मिचुटलाई पनि कोरोना पोजेटिभ देखिएको र उनी पनि आइशोलेसनमा रहेको जनाइएको छ । गत साता उनी ६ करोड युरोमा बेनियमाटाबाट पिएसजी आएका थिए ।
बुधबार उनले फ्रान्सेली क्लबका लागि पहिलो खेल खेलेका थिए । पिएसजीले ले मेन्समाथि ४–० को जीत निकाल्दा उनले पनि एक एसिस्ट गरेका थिए ।






