कांग्रेसको बैठक आज बालुवाटारमा बस्दैँ

   १ श्रावण २०७८, शुक्रबार १३:०१  

१ साउन, रौतहट । सरकारी निवास बालुवाटारमा आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्न लागेको छ ।

शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठकमा महाधिवेशनका कार्यतालिकामा केही हेराफेरका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशन अगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तयारी गरिएको छ । यस्तै, कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि, आजै उनी आफ्नो निवासबाट बालुवाटार सरेका छन् ।