भारतीय राजदूतले बुढानीलकण्ड आएर प्रधानमन्त्री देउवालाई दिए बधाई
३० असार, रौतहट । सर्वाेच्च अदातलले परमादेश जारी गरे अनुसार प्रधानमनत्री नियुक्त भएका शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।
क्वात्राले प्रधानमनत्री देउवाकै निजी निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवालाई बधाई दिनेमा क्वात्रा नै पहिलो विदेशी राजदूत रहेका हुन् ।
भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।






