बालकोटमा ओलीको भव्य स्वागत
३० असार, रौतहट । बालुवाटटार छाडेर आज निजी निवास भक्तपुरको बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका बाजागाजासहित स्वागत गरिएको छ ।
सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि, प्रधानमन्त्री पदबाट मुक्त भएका ओली आज बिहान ११ः३० बजेतिर सरकारी निवास बालुवाटार छोडेका हुन् ।
बालुवाटार छोडेका ओली आजै दिउँसो १ बजेतिर लावालस्करसहित बालकोट पुगेका उनलाई बाजागाजासहित स्वागत गरिएको छ ।
बालकोटमा ओली निवासतर्फ जाने बाटोमा सूर्यअंकित चिन्ह बनाइएको र उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको स्रोतले जानकारी दिएको छ ।






