सरकारी निवास छाडे; ओली

   ३० असार २०७८, बुधबार १३:१९  

३० असार, रौतहट । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाडेका छन् ।

यही असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान ओलीको बिदाइमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका स्रोतले जानकारी दिएका छन् ।