नवनियुक्त प्रधानमन्त्री देउवालाई नेता नेपालकाे पहिलाे बधाई

   २९ असार २०७८, मंगलवार २१:०१  

२९ असार, राैतहट । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथ ग्रहण लगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले समेत बधाई दिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।