गौरमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन

   २८ असार २०७८, सोमबार १७:०९  

२८ असार, रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दाै आज रौतहटको गौरमा अनेरास्वियू युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

जिल्लाको सदरमुकाम गौर नगरपालिकामा अनेरास्ववियू युवा संघ नेपालको दवाब मूलक प्रदर्शन भएको छ ।

ओलीको समर्थनमा आज होईन भोलीलाई, दश वर्ष ओलीलाई, संविधान मिच्न पाईदैँन्, राष्ट्रघाती गठबंधन चाहिदैँन् भन्दै मुख्य नाराका साथ यो दवाब मूल्क प्रदर्शन गौरको परिक्रमा गर्दै बिपि चोकमा आएर सम्पन्न गरिएको हो ।

प्रधानमन्त्री ओलीको समर्थनमा र्याली आयोजना गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य रवि मिश्राले बताए ।