बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सिन्धुपाल्चोक पुगे; प्रधानमन्त्री ओली
२६ असार, रौतहट । सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गर्नका लागि आज प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् ।
शनिबार बिहान हेलिकप्टरबाट प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा पुगेका हुन् । सो क्षेत्रको अवलोकन पश्चात् मेलम्ची जाने तयारी गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आज ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयसँग छलफलपछि गणेशबगर जाँदैछन्।
प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण गर्ने समेत स्रोतले जनाएको छ ।






