द हन्ड्रेड क्रिकेट खेल्न लामिछाने इंग्ल्यान्ड पुगे
२५ असार, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर खेलाडी सन्दीप लामिछाने इंग्ल्यान्ड पुगेका छन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेर पुगि सकेका छन।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफू इंग्ल्यान्ड पुगे जानकारी दिएका छन् । सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् । १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुनेछ ।






