कांग्रेस नेता थापाको संक्रमणबाट आज निधन

   २१ असार २०७८, सोमबार १२:०३  

२१ असार, रौतहट । नेपाली कांग्रेस दैलेखका नेता जगतजंग थापाको कोरोना संक्रमणबाट निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड १९ का संक्रमण पुष्टि भएसंगै थापा दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

उपचारकै क्रममा आज बिहान करिब ३ बजेतिर ७३ वर्षीय थापाको निधन भएको अस्पताल स्रोतले जानकारी दिए । उनी २०३० देखि २०३४ सम्म त्रिभुवन मावीका शिक्षक थिए ।

त्यसपछि, पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली कांग्रेस दैलेखको सभापति समेत थिए ।