कोरोना माहामारीका बेला इटलीद्वारा स्वास्थ्य सामग्री सहयोग

   १३ असार २०७८, आईतवार १०:४९  

१३ असार, रौतहट । तीव्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीका बेला इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् प्रदान गरेको हो ।

इटालबाट आएको स्वास्थ्य सामाग्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेकी छन् ।