होसमा आए कमेडियन राजु श्रीवास्तव

   ९ भाद्र २०७९, बिहीबार १४:४९  

९ भदौँ, एजेन्सी । हृदयघातका कारण अस्पताल भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् ।

१० अगस्टमा हृदयघातका कारण ढलेका राजु श्रीवास्तवलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । कोमामा रहेका राजुको अस्पताल भर्ना गरेको १५ दिनपछि होस आएको छ ।

होस आए पनि राजुलाई डाक्टरहरूको उच्च निगरानिमा राखिएको छ । उनको उपचारका लागि चिकित्सकहरुले न्यूरो फिजियोथेरापीको सहयोग लिइरहेका छन् ।
यस्तै, राजुको मस्तिष्कले काम गर्न छोडेपछि मृत्युको खबर समेत फैलिएको थियो । तर परिवारले मृत्युसम्बन्धि फैलिएका हल्ला झुटो भएको भन्दै त्यस्ता समाचारमा ध्यान नदिन आग्रह गरेको छ । एजेन्सी